तीन सूत्रीय मागसहित सिरहा नगरपालिकाका कर्मचारी धर्नामा, सेवा प्रभावित

  • चैत २४, २०८२
  • ३९७ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख नबिन कुमार यादवद्वारा एक सहायक कर्मचारीमाथि गरिएको कुटपिटको घटनापछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका हुन्। मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, उक्त घटनाको विरोधमा कर्मचारीहरूले नगरपालिकाभित्र धर्ना सुरु गर्नुका साथै सेवा ठप्प पार्दै तालाबन्दी र अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन्। कर्मचारीहरूले लामो समयदेखि जनतामुखी सेवा प्रदान गर्दै आएको अवस्थामा आफ्नै कार्यस्थलमा असुरक्षित महसुस गर्नुपरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। कर्मचारीहरूले अघि सारेका तीन मुख्य माग यस्ता छन्:IMG-20260407-WA0000(1) १. पीडित कर्मचारी राम शरण यादवको निःशुल्क उपचार तथा उचित क्षतिपूर्तिको व्यवस्था गरिनुपर्ने। २. कर्मचारीमाथि हातपात गर्ने नगर प्रमुखमाथि प्रचलित कानुनअनुसार कडा कारबाही प्रक्रिया अगाडि बढाइनुपर्ने। ३. कार्यालयमा कर्मचारीको सुरक्षा, सम्मान र आत्मसम्मान कायम रहने वातावरण सुनिश्चित गरिनुपर्ने। कर्मचारीहरूले आफ्ना मागहरू यथाशीघ्र सम्बोधन नगरिएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्। यस आन्दोलनका कारण नगरपालिकाबाट प्रदान गरिने सेवा पूर्ण रूपमा प्रभावित भएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...