घाइते विद्यार्थी प्रशासनिक लापरबाहीका कारण एसइईबाट बञ्चित

  • चैत २२, २०८२
  • ४८८ पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

सिरहाको विष्णुपुर गाउँपालिका–२ का कक्षा १० मा अध्ययनरत विद्यार्थी कृष्ण कुमार यादव एसइई परीक्षा दिनबाट बञ्चित भएका छन्। २३ र २४ गते भएको जेन–जेड आन्दोलनका क्रममा प्रहरीले चलाएको अन्धाधुन्ध गोली लागेर घाइते भएका यादव हाल विद्यालय प्रशासनकै लापरबाहीका कारण परीक्षा दिन नपाएको अभिभावकले बताएका छन्। श्री जनता माध्यमिक प्राविधिक विद्यालय, राजपुरका विद्यार्थी रहेका यादवले समयमै आफ्ना सम्पूर्ण कागजात पेश गरी विष्णुपुर गाउँपालिकास्थित एनआइएमबी बैंकमा रहेको विद्यालय खातामा दर्ता शुल्क बुझाई भौचरसमेत विद्यालयमा पेश गरेका थिए। सोही आधारमा विद्यालयका प्रधानाध्यापक अशेश्वर यादवले जिल्ला समन्वय इकाइ, सिरहामा एसइईका लागि रजिस्ट्रेशनसमेत कायम गराएका थिए। तर, रजिस्ट्रेशन भइसकेपछि पनि समयमै परीक्षा फाराम नबुझाइएको कारण उनी एसइई दिनबाट बञ्चित हुन पुगेका हुन्, जसका लागि विद्यालय प्रशासनको गम्भीर लापरबाही रहेको आरोप अभिभावकले लगाएका छन्।559564156_3327800900702887_2647986086820588423_n

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...