एसइई सञ्चालनमा कडाइ गर्न मन्त्री तिवारीको निर्देशन

  • चैत १६, २०८२
  • १३३ पटक पढिएको
  • Ram Pukar Yadav
alt

जनकपुरधाम, चैत १६ गते । मधेस प्रदेश सरकारकी शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले माध्यमिक शिक्षा परीक्षा (एसइई) विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै पनि प्रकारको लापरबाही अस्वीकार्य हुने स्पष्ट पारेकी छन्। जनकपुरधाममा आयोजित प्रदेशस्तरीय समन्वय बैठकलाई सम्बोधन गर्दै उनले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सरोकारवाला निकायलाई जिम्मेवार र सक्रिय बन्न निर्देशन दिइन्। उनले परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाइएको उल्लेख गर्दै नियम उल्लङ्घन गरेमा कडा कारबाही हुने चेतावनीसमेत दिइन्।

मन्त्री तिवारीले परीक्षा केन्द्रको सुरक्षा, प्रश्नपत्रको गोपनीयता र नक्कल नियन्त्रणलाई प्रभावकारी बनाउन प्रशासन, सुरक्षा निकाय र शिक्षा क्षेत्रबीच सुदृढ समन्वय आवश्यक रहेको बताइन्। बैठकमा सहभागी विभिन्न जिल्लाका अधिकारीहरूले पनि निष्पक्ष परीक्षा सञ्चालनका लागि आ–आफ्नो प्रतिबद्धता व्यक्त गरेका थिए। बैठकले परीक्षा अवधिभर सुरक्षा व्यवस्था कडा पार्ने, केन्द्र वरपर निषेधित क्षेत्र कायम गर्ने तथा अनुगमन टोली सक्रिय बनाउने निर्णय गरेको छ। मन्त्रालयका अनुसार प्रदेशभर एसइईलाई व्यवस्थित बनाउन तयारी तीव्र पारिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...