लाईन्स क्लब सुखीपुर शाखा गठन हुने

  • फागुन २२, २०७५
  • ३१६ पटक पढिएको
  • रोयाण्टर मण्डल
alt

सुखीपुर/ हामी गर्छौ सेवा भन्ने मुल नाराका साथ स्थापना भएको लाईन्स क्लब अफ नेपालको आयोजनामा सिरहाको सुखीपुरमा पनि शाखा गठन गर्ने उदेश्यले अन्तरक्रिया कार्यक्रम भएको छ ।

लाईन्स क्लब अफ नेपालका केन्द्रिय पदाअधिकारीहरुले सहयोगी हातहरुलाई अगाडी आएर यस संस्थामा आवद्ध भई गठन गर्न लाईन्स क्लब अफ नेपालका संस्थापक अध्यक्ष उमा शंकर चौधरीले आग्रह गर्नुभयो ।

सुखीपुरका ब्यपारी उमा प्रसाद चौधरी अध्यक्षता तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख रामऔतार यादबको प्रमुख अतिथ्यतामा अन्तक्रिया कार्यक्रममा लाईन्स क्लब अफ नेपालका शम्भु प्रसाद घिमिरे , शिव कटुवाल, मधुकर उपाध्याय, भरत प्रसाई र गोरखापत्र दैनिकका कार्यकारी सम्पादक समेत रहनुभएको शिव कुमार भट्टराई, सुखीपुर व्यापर समितिका अध्यक्ष शत्रुधन चौधरी, मिथिला अवाजका प्रकाशक हरिपति लाल कर्ण , भुपु गाविस अध्यक्ष लक्ष्मण चौधरी , जिल्ला उघोग ब्यपार समिति लहानका नागेश्वर प्रसाद चौधरी लगायतका क्लबका योग्दानका बारेमा मन्तव्य राख्नुभएको थियो ।

लाईन्स क्लब सुखीपुर शाखा गठन केही दिनमै गठन हुने लाईन्स क्लब अफ नेपालका संस्थापक अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

sukhipur lience club

तस्वीर: हरिपति लाल कर्ण

 

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...