मधेशमा ‘हाई अलर्ट’, उपेन्द्र यादव निगरानीमा

  • चैत १५, २०८२
  • ३३५ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउविरुद्ध देशभर प्रदर्शन जारी रहँदा मधेश प्रदेशमा सुरक्षा अवस्था कडा पारिएको छ ।
ओली र लेखक पक्राउ भएपछि उत्पन्न राजनीतिक तरंगलाई ध्यान दिँदै मधेशमा उच्च सतर्कता अपनाइएको छ ।
ओली र लेखकसँगै पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेपछि प्रहरी हेड क्वाटरको निर्देशनमा मधेशका प्रहरी हाई अलर्टमा बसेका हुन् ।
प्रहरी स्रोतका अनुसार नवनियुक्त गृहमन्त्री सुधन गुरुङको ‘नयाँ टार्गेट’ एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हुन् ।
उनीहरू दुवैलाई पक्राउ गर्ने समेत आन्तरिक तयारी भइरहेको छ । भुटानी शरणार्थी र सुन तस्करी काण्डमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष बादलको संलग्नता रहेको प्रहरीको भनाइ छ ।
यस्तै १८ वर्षअघि रौतहटमा तत्कालीन नेकपा माओवादीसँग भएको भिडन्तमा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको गौर प्रकरणमा जसपाका अध्यक्ष यादवलाई पक्राउ गर्ने सुरक्षा स्रोतको दाबी छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीको सपथ लिए लगतै उत्पन्न राजनीतिक उथलपुथललाई मध्यनजर गरि शनिबारदेखि नै मधेशमा प्रहरी हाइ अलर्टमा रहेको मधशस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमार्फत हाई अलर्टमा बस्न सर्कुलर जारी भएको प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी गोविन्द थपलियाले बताए ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...