अमेरिका-इजरायल र इरानबीचको युद्ध अन्त्यको आग्रहसहित काठमाडौंमा प्रदर्शन

  • चैत ५, २०८२
  • ३५२ पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले अमेरिका, इजरायलका राजदुतावास र इरानको कन्सुलेट कार्यालय अगाडि प्रदर्शन गरेको छ। तत्काल युद्ध अन्त्य गर्न आग्रह गर्दै शान्ति समाजले आज एकैदिन अमेरिकी राजदूतावास महाराजगञ्ज, इजरायली राजदूतावास लाजिम्पाट र काठमाडौँस्थित इरानी कन्सुलेट कार्यालय, याक एन्ड यति होटल दरबार मार्गमा प्रदर्शन गरेको हो  शक्ति राष्ट्रहरु युद्धको पक्षपोषण होइन युद्ध अन्त्य गर्न योगदान गर, अमेरिका युद्ध रोक शान्ति कायम गर’लगायतका व्यानार बोकेर उनीहरुले शान्तिको कामना गरेका थिए । हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी खलबलिएको उनीहरुको भनाइ छ । समाजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै युद्ध विस्तार हुँदै जानु विश्व शान्तिकै लागि गम्भीर खतरा भएकाले हाल जारी अमेरिका र इजरायल र इरानबीचको युद्ध तत्काल अन्त्य हुनुपर्छ भन्ने धारणा सहित युद्ध रोकी शान्ति प्रवर्द्धनका लागि विशेष पहल गर्न आग्रह समेत गरेको छ ।अमेरिकालाई युद्धको पक्षधर होइन, सदैव शान्तिका लागि अग्रसर भूमिकामा देख्न चाहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...