चिनियाँ कम्युनिस्ट पार्टीद्वारा रवि र बालेन नेतृत्वको प्रशंसा

  • चैत ४, २०८२
  • १२७ पटक पढिएको
  • pradesh tIMES
alt

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बाट प्राप्त शुभेच्छा तथा ऐक्यबद्धताका लागि हार्दिक धन्यवाद ज्ञापन गरेको छ । सीपीसीले रास्वपालाई औपचारिक पत्र पठाएर बधाई तथा शुभकामना दिए लगत्तै रास्वपाका अन्तर्राष्ट्रिय विभागका प्रमुख शिशिर खनालले सीपीसीलाई धन्यवाद दिएका हुन् । सीपीसीको अन्तर्राष्ट्रिय विभागले पठाएको उक्त सन्देशमा रास्वपासँगको बढ्दो सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबिचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ । सन्देशमा नेपाल–चीन बिचको आपसी राजनीतिक विश्वासलाई थप मजबुत बनाउँदै दुवै देश र जनताको हितमा ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्‍याइएको उल्लेख गरिएको छ ।रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वदायी भूमिकाको पनि सीपीसीले प्रशंसा गरेको छ । उनीहरुको नेतृत्वमा नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास पनि सीपीसीले व्यक्त गरेको छ । सीपीसीले रास्वपासँग विभिन्न क्षेत्रमा अनुभव आदान प्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थायित्व विकासका लागि सहकार्य गर्न तत्पर रहेको समेत जनाएको छ ।नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा रास्वपा अडिग रहँदै आएको विश्वास दिलाउँदै छिमेकी राष्ट्रहरूसँग सन्तुलित र प्राथमिकतापूर्ण सम्बन्ध कायम गर्ने आफ्नो प्रतिबद्धता सीपीसीले पुःन दोहोर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...