उद्योगी दिवान चन्दको दाबी, उपभोक्ताको स्टकले बजार बिग्रियो

  • चैत ४, २०८२
  • २३१ पटक पढिएको
  • Pradesh Times Dainik
alt

काठमाडौं, चैत्र ४ गते ।  बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै उपभोक्ताहरू लामो लाइनमा बस्न बाध्य भएका छन्। तर ग्यास उद्योगीहरूले भने वास्तविक आपूर्ति अभाव नभई वितरण प्रणाली, ढुवानी समस्या तथा उपभोक्ताले गरेको अत्यधिक स्टकका कारण बजारमा अभावजस्तो अवस्था देखिएको दाबी गरेका छन्। एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले विगत चार–पाँच महिनादेखि नेपालमा आवश्यक परिमाणमा ग्यास आयात भइरहेको बताए। उनका अनुसार नेपालमा मासिक करिब ४५ हजार मेट्रिक टन ग्यास खपत हुने गरेको छ तर पछिल्ला महिनामा ४८ हजारदेखि ४९ हजार मेट्रिक टनसम्म आयात भएको छ। माघ महिनामा मात्र ५० हजार मेट्रिक टन ग्यास आयात भएको तथ्यांक रहेको उनको भनाइ छ।

चन्दका अनुसार कुल खपतको झन्डै ५० प्रतिशत ग्यास काठमाडौं उपत्यकामा प्रयोग हुन्छ। उपत्यकामा एक–डेढ महिनादेखि अभावजस्तो अवस्था देखिए पनि तराईमा भने पाँच–सात दिनअघिसम्म समस्या थिएन। युद्धका कारण ग्यास अभाव हुने त्रासमा उपभोक्ताले घरघरमा सिलिन्डर संचित गर्न थालेपछि माग अस्वाभाविक रूपमा बढेको उनले बताए। भारतीय सञ्चारमाध्यममा ग्यास कटौतीको समाचार आएपछि नेपालमा पनि त्रास फैलिएको छ। बजार सहज बनाउन १४.२ केजीको सट्टा ७.१ केजी आधा सिलिन्डर वितरण गर्ने निर्णय गरिएको छ। ढुवानीमा समस्या देखिए पनि उद्योगीहरूले केही दिनभित्रै आपूर्ति सहज हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...