सिरहाको विष्णुपुरबाट लागुऔषधसहित एक युवक पक्राउ

  • चैत २, २०८२
  • २८० पटक पढिएको
  • PRADESH TIMES DAINIK
alt

सिरहा, २ चैत । सिरहाको विष्णुपुर गाउँपालिकाबाट प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका वडा नं. ८ मझाउ बस्ने २६ वर्षीय जितेन्द्र कुमार महतो रहेका छन्।
आइतबार दिउँसो करिब २:४० बजेको समयमा विष्णुपुर गाउँपालिका–१ स्थित नहर सडक खण्डमा इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटिएको चेकिङ टोलीले महतोलाई नियन्त्रणमा लिएको हो। सिरहाबाट मिर्चैयातर्फ जाँदै गरेको प्रदेश १–०२–०५३ ५४२७५ नम्बरको मोटरसाइकललाई शङ्का लागेर चेकजाँच गर्दा उनको साथमा रहेको झोलाबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (DSP) रमेश बहादुर पालका अनुसार उनको साथबाट २० बोतल ओनेरेक्स (ONEREX) सिरप, ८ वटा पाइरोनिक्स स्पास (PYRONIX SPAS) ट्याब्लेट, सोही ट्याब्लेटको २ वटा खाली पत्ता र एउटा भिभो कम्पनीको मोबाइल बरामद गरिएको छ।
पक्राउ परेका महतो, मोटरसाइकल र बरामद लागुऔषध जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। उनीमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...