प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने- निर्वाचन आयोग

  • फागुन २४, २०८२
  • २१३ पटक पढिएको
  • Pradesh Times Dainik
alt

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना भोलि र समानुपातिकतर्फको मंगलबार (पर्सि)सम्म सकिने निर्वाचन आयोगले बताएको छ । 

हालसम्म प्रत्यक्षतर्फ १५५ निर्वाचन क्षेत्रको नतिजा  घोषणा भइसकेको छ । बाँकी १० निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । 

भोलि दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको आयोगले बताएको छ ।

समानुपातिकतर्फ खसेको एक करोड ९ लाख मतमध्ये हालसम्म ५० लाख (करिब ४६ प्रतिशत) मतगणना सम्पन्न भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

“फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको छ,” उनले भने, “समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।” 

निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।
 
दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले अथवा नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र  उपलब्ध गराइने उनले प्रस्ट पारे ।  

चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको उनको भनाइ छ । 

 

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...