नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव चौलागाईं रौतहट–४ बाट उम्मेदवार बन्ने तयारिमा

  • पुस १८, २०८२
  • ४३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ४ बाट नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव गोविन्द चौलागाईं पनि उम्मेदवार बन्ने भएका छन् । उज्यालो पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका चौलागाईं रौतहट–४ बाट उम्मेदवार हुने लगभग पक्का–पक्की भएको विश्वस्त स्रोतले जनाएको छ । स्रोतका अनुसार चौलागाईं घण्टी छापबाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् । दलहरूबीचको भागबण्डा मिलाउने क्रममा रौतहट–४ क्षेत्र चौलागाईंका लागि सुरक्षित गरिने र यसमा कुलमान घिसिङको भूमिका रहने बताइएको छ । पछिल्लो समय सञ्चारकर्मी चौलागाईं रौतहट क्षेत्र नम्बर ४ मा निरन्तर सक्रिय देखिँदै आएका छन् । विभिन्न सामाजिक, राजनीतिक तथा स्थानीय कार्यक्रममा उनको उपस्थितिले उम्मेदवारीको तयारीलाई थप बल पुगेको स्थानीय विश्लेषकहरूको भनाइ छ । यद्यपि उम्मेदवारीको औपचारिक घोषणा भने पार्टीले आगामी दिनमा गर्ने बताइएको छ । रौतहट–४ मा चौलागाईंको सम्भावित उम्मेदवारीले चुनावी सरगर्मी थप बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...