कल्याणपुर नगरपालिका १२ बेल्हाकट्टिमा डाकु आक्रमण, लुटपाट र गोली प्रहारबाट दुई स्थानीय घाइते

  • मंसिर ३, २०८२
  • ४६२ पटक पढिएको
  • राम पुकार यादव
alt

कल्याणपुर–१२ बेल्हाकट्टिमा डाकु आक्रमण, लुटपाट र गोली प्रहारबाट दुई स्थानीय घाइते सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टिमा मंगलबार राति करिब पौने एक बजे अज्ञात डाका समूहले ठूलो लुटपाट गरेको छ। कट्टीका भोला महतोको घरमा एकाएक प्रवेश गरेका डाकु समूहले लाखौं रुपैयाँ बराबरका सुन–चाँदीका गरगहना, जिन्सी तथा नगद सामान लुटेर लगेको घरमुली महतोले बताए। पीडित महतोका अनुसार उनी सुतिरहेको मिलघरमै डाकाहरु अचानक पसेर “तिमिलाई कसैसँग झगडा–विवाद भएको छ, मारिदिन्छौँ” भन्दै दबियाको उल्टो भागले हातमा प्रहार गर्दै हतियार देखाएर लुटपाट गरेका थिए। घटनापछि स्थानीय नेता किशोरी मण्डल र वडा नं. १२ का अध्यक्ष दिलिप यादवले गाउँमा त्रास फैलिएको भन्दै आवश्यक शान्ति–सुरक्षाको प्रत्याभूति नपाएको आरोप लगाए। उनीहरुले स्थानीय प्रशासन र जिल्ला सुरक्षा व्यवस्थाको कमजोरी चिन्ताजनक रूपमा देखिएको उल्लेख गर्दै तत्काल कडाइ हुनुपर्ने माग गरे। स्थानीयका अनुसार डाका आक्रमण भइरहेको बेला पिडितहरूले प्रहरीलाई जानकारी गराए पनि प्रहरी केही समय ढिलो पुगेको र डाकुहरू भाग्न नसके पनि प्रहरी हातहतियारसहित तत्काल घेरा हालेको भए डाकाहरू राति नै पक्राउ पर्न सक्ने जनाएका छन्। डाकाहरूलाई रोक्ने प्रयासमा स्थानीय बासिन्दा वीरेंद्र कुमार महतो र उनका छोरा अनिल कुमार महतोलाई डाकु समूहले चलाएको गोली लागेर गम्भीर घाइते भएका छन्। गाउँलेहरूको सहयोगमा डाकाहरूको प्रतिकार भए पनि प्रहरी प्रशासनको ढिलाइ र कमजोर प्रस्तुति प्रति स्थानीय नेताहरूले कडा आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...