आन्दोलनको घाउभित्रको साहस — घाइते कृष्ण यादव र जेन जेड युवाको मानवताको आन्दोलन

  • असोज २५, २०८२
  • ६८५ पटक पढिएको
  • राम पुकार यादव
alt

 देशभित्र जरा गाडेर बसेका भ्रष्टाचार, बेथिति, विसङ्गति र कुरितिहरू विरुद्ध आवाज उठाउने बिष्णुपुर गाउँपालिका–२, गढियाका कृष्ण कुमार यादव देश परिवर्तनको सपनाका लागि आन्दोलनमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलनकै क्रममा प्रहरीले चलाएको गोलीले उनको खुट्टा छेड्यो र उनी गम्भीर घाइते भए।FB_IMG_1757515556623 आन्दोलनरत साथिहरूको सहयोगमा उनलाई सिरहाका विभिन्न क्लिनिक र अस्पतालमार्फत गोलबजारको बर्धमान अस्पताल हुँदै मोरङको विराटनगर मल्टिस्पिस्यालिटी न्युरो अस्पताल पुर्‍याइयो जहाँ दस दिनसम्म उपचार भयो। सामान्य किसान परिवारका यादवका लागि महँगो उपचार खर्च तिर्न असम्भव जस्तै भयो, तर आफन्त र गाउँलेको ऋण–सहयोगमा उनले उपचार पूरा गरे। अहिले पनि उनी नियमित फलोअपमा छन्।FB_IMG_1760104985988 तर देश परिवर्तनका लागि गोली खाएका उनलाई भेट्न न राज्यका प्रतिनिधि आए, न राजनीतिक दलका नेताहरू। त्यसपछि बिष्णुपुर गाउँपालिकाका स्वतन्त्र जेन जेड युवा, पत्रकार र समाजसेवीहरूले मानवीय भावनाले प्रेरित भएर “मानवताको आन्दोलन” नामक आर्थिक सहयोग अभियान शुरू गरे,FB_IMG_1760157959130 जसबाट जम्मा एक लाख सतहत्तर हजार रुपैयाँ संकलन भयो। उक्त रकमबाट घाइते यादवलाई उपचार सहयोगस्वरूप ५५ हजार, कर्जनहा नगरपालिका स्थित अस्पतालमा पैसा अभावका कारण बन्धकमा परेका दलित सदाय परिवारलाई ४१ हजार, र बिष्णुपुर गाउँपालिका–३ मा पोखरीमा डुबेर मृत्यु भएकी ४ वर्षीया आशा कुमारी पासमानका परिवारलाई किरिया खर्चस्वरूप ११ हजार नगदसहित खाद्यान्न सामग्री सहयोग गरियो। घाइते यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई स्थानीयले ऐतिहासिक र अबिस्मरणीय मानवीय कार्य भन्दै प्रशंसा गरे। आन्दोलनको घाउ अझै निको नभए पनि यी युवाहरूले देखाएको संवेदना र एकताले समाजमा नयाँ आशा र मानवताको उज्यालो फैलाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...