ब्राउन सुगर सहित बिष्णुपुर बाट मकवानपुरको तीन पक्राउ

  • भदौ ५, २०८२
  • ८९७ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

भदौ ४ सिरहा, बिष्णुपुर गाउँपालिका वडा नं. १ चौहर्वा तर्फ आउँदै गरेको यात्रुबाहक विङ्गर (प्र.-२-०१-००१ज ००४३) मा सवार यात्रुसँग लागूऔषध भएको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिष्णुपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाडी रोकेर चेकजाँच गर्ने क्रममा खैरो हिरोइन फेला परेको छ । प्रहरीका अनुसार मकवानपुर हेटौडा उपमहानगरपालिका–१५ बस्ने अन्दाजी ३८ वर्षीय दिनेश सुनारले लगाएको पाइन्टको दाहिने खल्तीमा साना साना २ पोका प्लाष्टिकमा राखिएको खैरो हिरोइनजस्तो पदार्थ फेला पारिएको हो । उक्त पदार्थको तौल ७ ग्राम ३१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । सोही गाडीमा रहेका अन्दाजी २९ वर्षीय विशाल गोले र ३८ वर्षीय ईन्द्र सुनार समेतलाई दिनेश सुनारसहित नियन्त्रणमा लिइएको छ । पक्राउ परेका तिनै जनालाई सिरहा जिल्ला अदालतमा पेश गरी दिन ४ (चार) को म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...