सिरहा पब्लिक स्कुलका संस्थापकद्वारा १४ वर्षिय बालकको निर्घात कुटपिट

  • साउन २१, २०८२
  • २०५० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २१ साउन। विद्यालय बालबालिकाको भविष्य निर्माण गर्ने मन्दिर हो भन्ने भनाइलाई चुनौती दिने घटनामा नरहा गाउँपालिका–३ चोहर्वास्थित सिरहा पब्लिक स्कुलका संस्थापक रामप्रकाश यादवले कक्षा ९ मा भर्ना भएको दुई दिनमै १४ वर्षीय विद्यार्थी अतिनेश कुमार यादवमाथि लाठी, जुत्ता र मुक्काले निर्घात कुटपिट गरेको आरोप लागेको छ। सिरहा नगरपालिका–२२ का रामवृक्ष यादवका छोरा अतिनेश आईतबार मात्र विद्यालयकै होस्टेलमा बसेका थिए तर सोमबार बेलुकी रिङ्गको समयमा केही ढिलो पुगेको कारण शौचालयबाट फर्किँदै गर्दा संस्थापक यादवले लाठी प्रहार गरी ढालेर घाँटीमा जुत्ताले टेकेर शरीरभर अन्धाधुन्ध प्रहार गरेको पीडितका बुबाले बताएका छन्। घटनापछि बेहोस भएका उनलाई संस्थापकले आफैँ पीडितका भिनाजु गोलबजार–१० का कैलाश यादवलाई बोलाएर ‘आफैँ बेहोस भएको’ भन्दै उपचारका लागि पठाएका थिए, प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल सिरहा पुर्‍याइएको र घाँटीमा गम्भीर चोट देखिएकाले हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको परिवारले जनाएको छ। बुबा रामवृक्ष यादवका अनुसार उजुरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरिए पनि कारबाहीको प्रक्रिया सुस्त छ भने प्रहरी पक्षले अनुसन्धान भइरहेको दाबी गरेको छ। यस विषयमा बुझ्न विद्यालयका संस्थापक यादवसँग सम्पर्क गर्दा  विद्यार्थी ले रिंगटा लागेको जस्तै गरेपछि उठाउनलाई आफुले दुइचार मुक्का हानेको स्विकार गरेका छन । संस्थापक यादवले  यस घटनामा समान्य त्रुटि भएपनि आफुलाई फसाउन पनि कतिपय निजि बिद्यालयहरुले षड्यन्त्र गरिरहेको समेत बताए । अभिभावकहरूले यसअघि पनि विद्यालयमा यस्ता घटना दोहोरिँदै आएको बताउँदै शिक्षा र अनुशासनको नाममा हुने हिंसात्मक व्यवहार तत्काल रोक्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...