हलेसि दर्शन गरि घर फर्किदै गरेको १७ जना सवार विङर दुर्घटना

  • साउन १९, २०८२
  • ६५१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा – खोटाङको हलेसी दर्शन गरेर सिराहा फर्किँदै गरेको यात्रुवाहक गाडी सोमबार बिहान दुर्घटनामा परेको छ।दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएको प्रहरीले जनाएको हो । गम्भीर घाइते १०जनालाइ थप उपचारको लागि काठमाडौं रेफर गरेको प्रहरीले जनाएको छ। सिराहा, नरहा गाउँ पालिका- वडा नम्बर ५ ३,र २ नम्बर वडाका १७ जना हलेसी दर्शन गरि फर्किँदै गरेको प्र २–०–१–००१ ज ००५३ नम्बरको विङ्गर गाडी हलेसी तुवाचुङ नगरपालिका-१, बाहुनीडाँडास्थित डौठे खोला नजिक दुर्घटनामा परेको हो। दुर्घटनामा नरहा गाउँ पालिका ३कि ३६ वर्षय ममता देबि यादवको घटनास्थलमै मृत्यु भएको प्रहरिले जनाएको हो । गाडी करिब दुई सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिनुभयो। प्रहरीका अनुसार अनियंत्रित दुर्घटनामा परेको हो। घाटको थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...