जग्गा वर्गीकरण ढिलाइले बिष्णुपुरका किसान वर्षौंदेखि पिडामा, सब ओभरसियर यादवको कमजोरी

  • साउन १६, २०८२
  • १०५३ पटक पढिएको
  • राम पुकार यादव
alt

साउन १६ , सिरहा । बिष्णुपुर गाउँपालिकाले वर्षौंदेखि जग्गा वर्गीकरणको काम सुरु गर्न नसकेपछि स्थानीय किसानहरू गम्भीर समस्यामा परेका छन्। वर्गीकरण कार्य नहुँदा कृषियोग्य जमिन, बस्ती क्षेत्र लगायतको स्पष्ट सीमांकन नहुँदा किसानहरूले कानुनी कागजी प्रक्रिया, कृषि उत्पादन र सरकारी सेवा–सुविधामा थप सास्ती भोगिरहेका छन्। सरकारले कृषि उत्पादन वृद्धिका लागि जग्गा वर्गीकरणलाई आधारभूत पूर्वाधारका रूपमा लिएको भए पनि बिष्णुपुरमा यो कार्य सुरु नै हुन सकेको छैन। यसका कारण किसानहरूले सहुलियत ऋण, सरकारी अनुदान, कृषि प्रविधि विस्तार लगायतका सुविधाबाट वञ्चित हुनुपरेको गुनासो गर्दै आएका छन्। स्थानीय किसान राजु यादव भन्छन्, “जग्गाको वर्गीकरण नहुँदा बैंकले कृषिऋण दिन मान्दैन, सरकारी सहयोग लिन पनि सकिँदैन। खेती गरेर गुजारा चलाउँछौं, तर प्रशासनले हाम्रो समस्या बुझ्नै चाहेन।” त्यस्तै रामु महतो भन्छन्, “खेती गर्ने जमिन छ, तर कागजमा पहिचान छैन। ऋण लिन जाउँ भने बैंक फर्काउँछ, सरकारले अनुदान दिन वर्गीकरण चाहिन्छ भन्छ। हामी किसान बीचमै अड्केका छौं।” वर्गीकरण अभावमा जमिन विवाद, सिंचाइ आयोजना निर्माणमा ढिलाइ, र योजनाविहीन शहरीकरण तीव्र हुँदै गएको छ। यसले दीर्घकालमा खेतीपाती घट्ने र कृषियोग्य जमिन ह्रास हुने स्थानीयको चिन्ता छ। बिष्णुपुर गाउँपालिकाको एक स्रोतका अनुसार, वर्गीकरण प्रक्रिया सुरु गर्ने तयारी भए पनि प्राविधिक दिनेश यादवको कमजोरीका कारण ढिलाइ भएको हो। स्रोतका भनाइअनुसार, जग्गा वर्गीकरणका लागि कन्सल्टेन्सी हायर गर्नुपर्ने भए पनि यादवले सो प्रक्रिया अघि बढाउन सकेका छैनन्। “केही समयअघि फाइल बुझाइएको थियो, तर आफू अनुकूल कन्सल्टेन्सी नपाएपछि यादवले काम रोकिदिएका छन्,” स्रोतले दाबी गर्‍यो। यसबारे प्राविधिक यादवसँग प्रतिक्रिया लिन खोज्दा असार २५ गतेदेखि उनी पालिकासँग सम्पर्कविहीन रहेको बुझिएको छ। यस किसिमको ढिलाइका कारण बिष्णुपुरमा अनियोजित बसोबास, उद्योग–व्यवसाय र आवास विस्तार तीव्र भइरहेको छ। खेति योग्य जमिनमा इँटा भट्टा र अन्य उद्योग सञ्चालन हुँदा उर्वर भूमि ह्रास भएको छ, सार्वजनिक जमिनमा अव्यवस्थित बसोबास बढेको छ, जसले भूमि व्यवस्थापनमा गहिरो असर पारेको छ। भूमि वर्गीकरणको आवश्यकता सम्बन्धी पत्राचार भूमि व्यवस्था मन्त्रालय, जिल्ला समन्वय समिति र मालपोत कार्यालयमार्फत समयसीमा सहित गरिसकिएको प्रशासनिक निकायहरूले जनाएका छन्। तर कार्यान्वयन अझै हुन सकेको छैन। सिरहाको कतिपय स्थानीय तहरुले जग्गा वर्गीकरणको कार्य आंशिक रुपमा गरिएपनि बिष्णुपुर गाउँपालिकाले पुर्ण रुपमा नगरिएको अबस्थामा छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...