कमला नदिमा पुल हरायो , आशा टुटयो

  • साउन १०, २०८२
  • ३८६ पटक पढिएको
  • राम पुकार यादव
alt

कमला नदी बगिरहेकी छ । शान्त तर आक्रोश बोकेर। उसले दशकौँदेखि जनताको पिडा नियालिरहेकी छ, वर्षाैंदेखिको पुल अभाव, आवागमनको सास्ती, र राज्यको उदासीनता सबै उसकै छायाँमा दोहोरिन्छ। कहिले काठको पुल बनेको थियो । । जनताको आशामा टेको दिएको जस्तो लाग्थ्यो; त्यही पुलले छोरालाई स्कुल पुर्‍याउँथ्यो, आमालाई अस्पताल, कसैलाई बजार, कसैलाई मेलापात। तर आज त्यो पुल छैन, नगरपालिकाले बनाएको र शुल्क लिएको सेवा यत्तिकै हरायो, न सूचना, न विकल्प। अब बाँकी छ । सानो, असुरक्षित डुंगा, जहाँ एक छिनको यात्रा पनि ज्यानको बाजी हो। वृद्धको काँपिएको शरीर, आमाको काखको बच्चा, बिरामीको पीडा सबैजना एकै डरमा नदी पार गर्छन्। यस्तो अवस्था सहँदै आएका जनताको चिच्याहट छ । हाम्रो कर किन ? हाम्रो सेवा कहाँ ? जब राज्यले कर उठाउन सक्दछ, उत्तरदायित्व किन लिँदैन ? जब सरकारले शुल्क माग्छ, सुरक्षाको प्रत्याभूति किन दिन सक्दैन ? कमलाको बगाइमा अब पानीभन्दा धेरै दुःख मिसिएको छ । शोषण, उपेक्षा र भरोसाको टुटफुट। बाँसको भर छैन, काठको पुल छैन, अब त सरकारको पनि भर छैन जस्तो लाग्छ। यो समय हो—सिरहा नगरपालिका र राज्यका सबै तहले निन्द्राबाट उठ्ने, जनताको पक्षमा बोल्ने र जिम्मेवारी लिन खोज्ने। किनभने जनता कर तिर्छन्—सास्ती किन्न होइन, सुरक्षा पाउन।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...