सिचाइका लागी मोटर संचालन गर्ने क्रममा रौतहटमा करेन्ट लागेर एकको मृत्यु

  • साउन ७, २०८२
  • २४३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर रामबाबु घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा बिहान ७ः५० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए । करेन्ट लागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिवनगरबाट सई राजेश सिंहको नेतृत्वमा टोली खटिएको टोलीले मुखियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर पठाएको थियो। घटनास्थल प्रहरी चौकी शिवनगरबाट करिब ५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ । न्युजकारखाना

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...