सिराहा कारागारमा नाइके नियुक्तिको बिषयमा झडप हुँदा १३ घाइते

  • साउन ४, २०८२
  • ४२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, ४ साउन। जिल्ला सदरमुकामस्थित सिराहा कारागारमा आइतबार अपराह्न नाइके नियुक्ति विषयमा उत्पन्न विवादले उग्र रुप लिँदा कैदीबन्दीहरूबीच दोहोरो झडप भएको छ। झडपमा १३ जना कैदी घाइते भएका छन्, जसमा ४–५ जनाको अवस्था गम्भिर रहेको सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। बरालका अनुसार प्रारम्भिक अनुमानमा नाइके नियुक्तिको विषयमा विवाद भएको देखिए पनि यकिन कारण खुल्न बाँकी रहेको र प्रशासन तथा सुरक्षा टोली घटनास्थलमा पुगेर विस्तृत अनुसन्धान गरिरहेको छ। “अहिले तत्काल यिनै कारण हुन् भनेर निश्चित भन्न सकिने अवस्था छैन,” उनले भने। घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा लगिएको छ। गम्भिर घाइतेहरूको थप उपचारका लागि अन्यत्र रेफर गर्न सकिने अवस्था रहेको बताइएको छ। यस घटनासँगै कारागारको सुरक्षाप्रति प्रश्न उठिरहेका छन्। शनिबार बिहान जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले कारागारमा सर्च अपरेसन सञ्चालन गरेको थियो। सो क्रममा कैदीबन्दी बस्ने सबै कोठाहरू खानतलासी गरिएको थियो। सर्च अपरेसनको भोलिपल्टै झडप भएको हुँदा अवैध असुली र आपराधिक गतिविधिमा संलग्न समूहबीचको तनावकै कारण झडप भएको अनुमान गरिएको छ। तर कारागार प्रमुख सुबोध महतोसँग सम्पर्क गर्न खोज्दा उनी उपलब्ध नभएका कारण थप विवरण आउन बाँकी रहेको छ। हाल घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक (डीएसपी)सहितको टोली कारागारमा खटिएको छ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...