मेक्सिको सिमानामा पर्खाल लगाउने ट्रम्पको योजनामा धक्का

  • चैत्र २, २०७५
  • १३७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

एजेन्सी : अमेरिकी संसद्को माथिल्लो सदन सिनेटले मेक्सिकोको सिमानामा पर्खाल लगाउन रकम जोहो गर्ने उद्देश्ले राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय सङ्कटकाल उल्ट्याउने पक्षमा मतदान गरेको छ । 

उनकै पार्टीका सिनेट सदस्यले पनि उनको विपक्षमा मतदान गरे । १२ जना रिपब्लिकन सिनेट सदस्यहरूले आफ्नो पार्टीको निर्देशन विपरीत राष्ट्रपतिको आदेशको विपक्षमा मतदान गरिदिएपछि ट्रम्पको योजना प्रभावित हुने अवस्था आएको हो ।

सिनेटमा राष्ट्रिय सङ्कटकाल उल्ट्याउने पक्षमा मतदान भएपछि ट्रम्पले अब विशेष अधिकार प्रयोग गरेर भए पनि आफ्नो योजना सफल पारिछाड्ने प्रतिक्रिया दिएका छन् ।

तर ट्रम्पको यो योजना पनि सफल हुने देखिँदैन । किनभने त्यहाँको प्रतिनिधिसभामा विपक्षी डेमोक्र्याटिक पार्टीको वर्चस्व छ ।

पर्खाल परियोजनाका लागि आवश्यक पर्ने सबै रकम दिन कंग्रेस तयार नभएपछि ट्रम्पले सङ्कटकालको बाटो रोजेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

सिरहामा कोदालो प्रह ...

प्रदेश टाइम्स  / ३ जेठ, सिरहा । सिरहाको अर्नमा गाउँपालिमा आफ्नै छिमेकीले छिमेकीलाई कोदालो ...

नेपाल पत्रकार महासंघ ...

प्रदेश टाइम्स/ सिरहा १२ बैशाख । सिरहाको लहानमा नेपाल पत्रकार महासंघ सिराहा शाखाको १४ औं साधारण सभा स ...

मध्यान्न सम्पादक श्र ...

काठमाण्डौँ । मध्यान्न राष्टिय दैनिकका बरिष्ठ सम्पादक तथा बरिष्ठ पत्रकार मदनकुमार श्रेष्ठले बृक्षारोप ...