उधोगको लापरबाहीले महिला मजदुर आत्महत्या

  • मंसिर २५, २०७६
  • ३९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २४ मंसिर । सिरहाको गोलबजार नगरपालिकामा पर्ने मारुती सिमेन्ट उधोगले हटाएपछि एक महिला मजदुर आत्महत्या गरेको घटना सार्वजनिक भएको छ । उधोग व्यवस्थापन पक्षले हटाएकै कारण गोलबजार नगरपालिका ९ की अनिता पासवानले आत्महत्या गरेकी हुन् ।

आत्महत्याको खबर पाएपछि उधोगका मजदुरहरु आन्दोलन थालेका छन् । अहिले पूर्वपश्चिम राजमार्ग मजदुरहरुले अवरुद्ध पारेर उधोग विरुद्ध प्रदशर््न गरिरहेका छन् । उधोगको लापरबाहीले आत्महत्या गरेको भन्दै कामबाट निकाल्नेलाई कारबाही र पीडित परिवारलाई क्षतिपुर्ती दिनुपर्ने मजदुरहरुको भनाई छ ।

उद्योग व्यवस्थापनले उनीसँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोद कुमार महतो, सभ्य कुमार यादव, मोहन कुमार यादव र मिथिलेश कुमार यादवलाई पनि एक महिनाको लागि निलम्बन गरेको छ । 

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...