सिरहामा मोटरसाइकलले साइकलमा ठोकिँदा तीन जनाको मृत्यु

  • असार ६, २०८२
  • ४२९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिराहा, असार – सिराहा नगरपालिका–१८ स्थित हुलाकी सडक खण्डमा शुक्रबार बेलुका मोटरसाइकलले साइकलमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश २–०१–००३ प. ३२३० नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुई जना र साइकल यात्री गरी तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। मृत्यु हुनेमा सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–२ बेल्हाका २५ वर्षीय प्रदीप मुखिया, कल्याणपुर–१२ का २७ वर्षीय नरेश मुखिया र सिराहा नगरपालिका–२ का ३० वर्षीय कुसे राय रहेका छन्। तीनै जनाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...