गैरपत्रकारको नाममा ठगी, नेपाल पत्रकार महासंघ सिराहाको चेतावनी

  • जेठ ४, २०८२
  • ३९५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जेठ ४/ सिराहा, नेपाल पत्रकार महासंघ सिराहा शाखाले केही गैरपत्रकार व्यक्तिहरूले आफूलाई पत्रकारको रूपमा चिनाउँदै जिल्लाभित्र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यापारिक संस्था, होटल, लज, प्रहरी चौकी लगायत स्थानहरूमा ठगी तथा डरधम्की दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघको अध्यक्ष मनोज बनैता द्वारा द्वारा हस्ताक्षरित जारी सार्वजनिक सूचनामा भनिएको छ, “गैरपत्रकार व्यक्तिहरूले आफू महासंघसँग आबद्ध भएको झूठो दाबी गर्दै, कार्यसमिति सदस्यहरूलाई दाइ, काका वा मामा भन्दै सामाजिक भ्रम फैलाउने र पीडितहरूसँग रकम असुली गर्ने जस्ता गतिविधि गरेको गुनासोहरू प्राप्त भएका छन्।” महासंघले यस्ता कार्यहरूलाई अत्यन्त निन्दनीय र गैरकानुनी भन्दै पत्रकारिता क्षेत्रको मर्यादा र विश्वसनीयतामाथि आँच पुर्‍याउने उल्लेख गरेको छ। सार्वजनिक सूचनामार्फत महासंघले सरोकारवाला सबै पक्षहरूलाई यस्ता भ्रम फैलाउने तत्वहरूबाट सजग रहन आग्रह गर्दै, यस्ता व्यक्तिहरू देखिए वा फेला परेमा तत्काल प्रहरी वा महासंघलाई जानकारी गराउन अनुरोध गरेको छ। महासंघले यस्ता अवैध र अनैतिक कार्यमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...