आइन्दा आतंककारी हमला भए युद्ध मानेर जवाफ दिने : भारत

  • वैशाख २७, २०८२
  • ४३० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं– आइन्दा आफ्नो मुलुकमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानिने भारतले चेतावनी दिएको छ । भारतीय समाचार संस्था एएनआईका भारतले अनुसार भविष्यमा आफ्नो भूमिमा हुने कुनै पनि आतंककारी आक्रमणलाई युद्ध मानेर सोही अनुसार जवाफ दिनेछ । भारतले लामो समयदेखि आफ्नो भूमिमा पाकिस्तानले आतंककारी गतिविधिलाई प्रोत्साहन गर्दै आएको आरोप लगाउने गरेको छ । गत अप्रिल २२ का दिन २६ जनाको ज्यान जानेगरी जम्मु कश्मीर राज्यमा भएको आतंककारी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कारवाही गरिरहेको छ । जम्मु कश्मीरको पहलगाम क्षेत्रमा भएको उक्त आतंककारी आक्रमणमा एक जना नेपाली नागरिक सुदिप न्यौपानेसहित २६ पर्यटकको ज्यान गएको थियो । त्यसको जवाफस्वरुप भारतले पाकिस्तानी भूमिलाई लक्षित गरी आक्रमण गरेपछि दुई मुलुकबीच तनाव बढेर गएको छ ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...