सिरहाको नवराजपुरमा ट्रान्सर्फमर चोरि

  • वैशाख १३, २०८२
  • ३४३ पटक पढिएको
  • शम्भु चौधरी
alt

सिरहा १३ वैशाख । सिरहाको नवराजपुर गाउँपालिका–२ मा वैशाख १० गते राति अज्ञात समूहले विद्युतीय ट्रान्सफर्मर तोडफोड गरी चोरी गरेका छन्। स्थानीयका अनुसार करिब ३–४ वर्ष अघि कमला सिँचाइ योजना अन्तर्गत पूर्व वडा अध्यक्ष खुशीलाल साहको पहलमा करिब १ करोड रुपैयाँभन्दा बढीको बजेटमा उपभोक्ता समूहमार्फत ५० किलोवाट क्षमताको ट्रान्सफर्मर जडान गरिएको थियो। अज्ञात समूहले ट्रान्सफर्मर तोडफोड गरी तामाका क्वाइल, तेल र गहुँ, धान, चामल कन्पाइनमा प्रयोग हुने पार्टपुर्जासहित करिब दुई लाख रुपैयाँ बराबरको सामग्री लुटपाट गरेको एक स्थानीयले बताएका छन्। स्थानीय बासिन्दाका अनुसार यस्तो जटिल ट्रान्सफर्मर खोल्ने काम प्राविधिक जानकारी भएका व्यक्तिले मात्र गर्न सक्ने भएकाले विद्युत् सम्बन्धित कर्मचारी वा जानकार व्यक्तिहरूको संलग्नता हुन सक्ने आशंका गरिएको छ। यो घटना पूर्व वडा अध्यक्ष खुशीलाल साह फर्जी नागरिकता सिफारिसको आरोपमा पक्राउ परेको चार दिनमै भएको हो। साहकी भाउजुले यस घटनामा हालका वडा अध्यक्ष सुरेश कुमार यादवको संलग्नता रहेको दाबी गरेकी छन्। तर, वर्तमान वडा अध्यक्ष सुरेश कुमार यादवले आफूमाथि लागेको आरोपलाई निराधार र कपोकल्पित भएको बताउँदै लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई भए पनि आधारबिहीन आरोप लगाउनु गलत भएको बताएका छन्। उनले आफू निर्दोष रहेको जिकिर गर्दै गहिरो अनुसन्धानका लागि आग्रह गरेका छन्। साथै दोषी प्रमाणित भए कानुनी दायराभित्र रहेर कडा भन्दा कडा सजाय भोग्न तयार रहेको बताएका छन्। हाल घटनाको अनुसन्धान झाझपट्टी थाना र ईलाका प्रहरी कार्यालय पतारीको टोलीद्वारा भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...