सिरहाको नवराजपुरमा १७ वर्षीया रिंकु सदायको मृत्युप्रकरणमा ८ जना पक्राउ

  • फागुन २३, २०८१
  • ६८५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा :  सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकु सदायको मृत्युप्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाले आज पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो। प्रहरी प्रवक्ता डिएसपी विरेन्द्र पासवानका अनुसार पक्राउ पर्नेहरूमा बलात्कारका मुख्य आरोपित रुपेश मण्डल तथा पञ्चायतीमा संलग्न वडासदस्य नथुनी साहसहित स्थानीय रामकृपाल मण्डल, विन्देश्वर साह, राजेन्द्र मण्डल, चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दास रहेका छन्। पीडित परिवारले दिएको जाहेरीमा रुपेश, नथुनी, रामकृपाल र विन्देश्वरको नाम स्पष्ट रूपमा उल्लेख गरिएको थियो भने अन्य चार जनाको नाम जाहेरीमा नभए पनि उनीहरूले पञ्चायतमा पीडित परिवारलाई दबाब दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। चन्देश्वर, रामविनोद र कमलेशलाई फागुन ११ गते नै पक्राउ गरिएको थियो भने बलात्कारका मुख्य अभियुक्त रुपेशलाई माघ २१ मा नियन्त्रणमा लिन प्रहरीले सफलता प्राप्त गरेको थियो। अन्य चार जनालाई आज बिहान लुकिछिपी बसेको अवस्थामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो। घटनामा संलग्न थप चार जना अझै फरार रहेको र उनीहरूलाई पनि छिट्टै पक्राउ गरिने सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...