सिरहामा सामूहिक बलात्कारपछि शंकास्पद मृत्यु घटनामा एक आरोपी पक्राउ

  • फागुन २१, २०८१
  • ४१४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, फागुन २१ – सिरहा जिल्लाको नवराजपुर गाउँपालिका-१ भगवतिपुरमा १७ वर्षीया रिंकु कुमारी सदायमाथि भएको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटनाका एक जना आरोपी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी १३–१४ वर्षीय रुपेश मण्डल रहेका छन्। फरार रहेका मण्डललाई प्रहरीले लुकिछिपी भाग्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो। गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्किएकी सदायलाई रुपेश मण्डलसहित तीन जनाले सामूहिक बलात्कार गरेका थिए। घटनापछि उनीहरू फरार भएका थिए। अन्य दुई फरार आरोपीको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...