"बृक्षारोपणमार्फत जन्मदिनलाई सत्यकर्ममा जोड्दै"

  • फागुन १६, २०८१
  • ४१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका–१ स्थित श्री जनता माध्यमिक विद्यालय, गौरिपुरमा "जन्मदिनलाई सत्यकर्ममा जोडौं, बृक्षारोपण गरौं" अभियान अन्तर्गत विभिन्न जातका सयौं विरुवा रोप्ने कार्य सम्पन्न भयो।Screenshot_2025-02-28-17-12-43-913_com.facebook.katana-edit कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव एवं प्रेस काउन्सिल नेपालका सदस्य गोबिन्द प्रसाद चौलागाईं रहनुभएको थियो, भने कार्यक्रमको अध्यक्षता प्रदेश टाइम्स दैनिक पत्रिकाका प्रकाशक–सम्पादक एवं रेडियो नेपालका सिरहा जिल्ला रिपोर्टर राम पुकार यादव ले गर्नुभएको थियो। सभ्य र सन्देशमूलक रूपमा सम्पन्न उक्त कार्यक्रमको स्वागत मन्तव्य शिक्षक लक्ष्मी नारायण साह ले गर्नुभएको थियो भने सञ्चालन जनता मावि, राजपुरका पूर्व प्रधानाध्यापक प्रदीप कुमार यादव ले गर्नुभएको थियो। कार्यक्रममा जनता मावि, गौरिपुरका प्रधानाध्यापक प्रलाद यादव, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, इलाका प्रहरी कार्यालय विष्णुपुरका इन्चार्ज राम एकबाल यादव, सह-इन्चार्ज ललन प्रसाद साह, नेपाल महिला उत्थान समाज विष्णुपुरकी सदस्य उषा कुमारी यादव, समाजवादी प्रेस संगठन नेपाल महोत्तरीका सदस्य नरेश कुमार यादव ,शिक्षक सतेन्द्र यादव लगायत बौद्धिक व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।IMG-20250228-WA0082 उक्त अभियानको सुरुवात तराई विकास सञ्चार केन्द्रका संयोजक गोबिन्द प्रसाद चौलागाईं ले रौतहटबाट गर्नुभएको थियो। यस अभियानलाई समर्थन गर्दै हाल नेपालका विभिन्न गाउँ, शहर तथा जिल्लाहरूमा निरन्तरता दिइँदै आएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा समेत यस अभियानले व्यापक चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...