बृद्धभत्ताको मागमा आन्दोलन सात दिनका लागि स्थगित, अध्यक्षले व्यवस्थापनको आश्वासन दिए

  • फागुन ११, २०८१
  • ७७६ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा :  बिष्णुपुर गाउँपालिकामा बृद्धभत्ताको माग गर्दै जारी आन्दोलन सात दिनका लागि स्थगित गरिएको छ। गाउँपालिका अध्यक्ष सत्यनारायण यादव र आन्दोलनरत पक्षबीच हाकिम व्यवस्थापन तथा भत्ता वितरणको विषयमा सहमति जुटेपछि आन्दोलन रोक्ने निर्णय गरिएको हो। अध्यक्ष यादवले आवश्यक व्यवस्थापन गर्न सात दिनको समय माग्दै आन्दोलनरत पक्षलाई संयमित रहन आग्रह गरेका छन्। उनले तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गरी बृद्धभत्ता वितरण गरिने प्रतिबद्धता जनाएका छन्। यसअघि, आन्दोलनको नेतृत्व गरेका पूर्व गाउँपालिका अध्यक्ष जागेश्वर यादवले सामाजिक सुरक्षा भत्ताका लागि दुई दिनदेखि जारी आन्दोलनप्रति गाउँपालिकाले चासो नदेखाएको आरोप लगाउँदै सोमबारसम्म कुनै समाधान नआए २४ घण्टे आन्दोलन गर्ने चेतावनी दिएका थिए। गाउँपालिकाले वार्तामार्फत समाधान खोज्ने प्रयास गरे पनि वडा नं. १ का अध्यक्ष भोगेन्द्र यादव र वडा नं. ३ का अध्यक्ष जयकुमार यादवले आन्दोलनरत बृद्धहरूको प्रतिनिधित्व र पत्रकारहरूको उपस्थितिलाई अस्वीकार गरेका थिए। तर, अध्यक्ष सत्यनारायण यादवले आन्दोलनरत बृद्ध र पत्रकारहरूको सहभागिता आवश्यक रहेको स्पष्ट पारेपछि स्थानीयबासीले केही वडा अध्यक्षहरू सत्ता स्वार्थका लागि आन्दोलनलाई उचाल्ने प्रयास गरेको आरोप लगाएका थिए। अन्ततः वर्तमान अध्यक्ष सत्यनारायण यादव र पूर्व अध्यक्ष जागेश्वर यादवबीच सात दिनभित्र हाकिम व्यवस्थापन गर्ने सहमति भई आन्दोलन स्थगन गर्ने निर्णय गरिएको हो।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...