नेकपा एकीकृत समाजवादी शहीदनगर–८ को वडा अधिवेशन सम्पन्न

  • फागुन ३, २०८१
  • ३४९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 नेकपा (एकीकृत समाजवादी) धनुषा क्षेत्र नम्बर–२ अन्तर्गत शहीदनगर नगरपालिका वडा नम्बर–८ बिसरभोरा नाथपट्टीको वडा अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता क. सचिदानन्द ठाकुर बरहीले गर्नुभएको थियो भने प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री क. रामचन्द्र झा रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य एवं मधेश प्रदेश सांसद क. रत्नेश्वर लाल गोईत रहनुभएको थियो भने अतिथिका रूपमा जिल्ला सचिव क. राजकुमार यादव, प्रदेश कमिटी सदस्यद्वय क. सहदेव मुखिया र क. भरत यादव तथा जिल्ला कमिटी सदस्यहरू क. संतोश मरिक, रामदेव साह, जयनाथ साह, सिंहेश्वर गाई, जयप्रकाश यादव लगायतको विशेष उपस्थिति रहेको थियो। अधिवेशनले क. सचिदानन्द ठाकुर बरहीको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...