विष्णुपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

  • माघ २६, २०८१
  • १०४५ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा: सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुरमा वित्तीय साक्षरता तथा स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एन्जल फाउन्डेसन शाखा कार्यालय लहान, सिरहा को सहयोग तथा साना किसान कृषि सहकारी संस्था लिमिटेड, विष्णुपुर गापा–५ को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं. ५ का अध्यक्ष जयनाथ महतो रहेका थिए भने विशिष्ट अतिथि वडा नं. २ का अध्यक्ष प्रमोद कुमार यादव रहेका थिए। कार्यक्रमको अध्यक्षता साना किसान सहकारी संस्था लिमिटेड, विष्णुपुर गापा–५ का अध्यक्ष उमेश कुमार यादव ले गरेका थिए। तालिम कार्यक्रम एन्जल फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत जीवन राजवंशी, फाउन्डेसनका मार्केटिङ विभाग प्रमुख सुशान्त पाठक, स्वास्थ्यकर्मी ओम प्रकाश कोइराला र प्रदीप कुमार साह लगायतका प्रशिक्षकहरूले सञ्चालन गरेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू, स्थानीय प्रशासनका प्रतिनिधिहरू तथा सयौं महिला–पुरुष सहभागी भएका थिए। साथै, स्थानीय युवा नेता सन्तोष यादव, कमला सिँचाइ पूर्वी नहर प्रणालीका निर्वाचन संयोजक पबन यादव , रामकुमार महतो, सिचांइ महासंघ मधेस प्रदेश अध्यक्ष राम उदगार यादव , लक्ष्मीपुर साना किसान सहकारी संस्थाका प्रबन्धक महेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सभक पानी फेक्ट्रीको हलमा सम्पन्न गरिएको थियो । तालिममा सहभागीहरूलाई वित्तीय व्यवस्थापन, बचतको महत्त्व, स्वास्थ्य सम्बन्धी सचेतना, स्वच्छता तथा प्राथमिक उपचारका विषयमा जानकारी प्रदान गरिएको थियो। आयोजक संस्थाले यस्ता कार्यक्रमले स्थानीयहरूलाई आर्थिक तथा स्वास्थ्य सम्बन्धी ज्ञान अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...