सिरहाको विष्णुपुरमा श्रीमद्भागवत गीता ज्ञान महायज्ञ सुरु

  • माघ २०, २०८१
  • ४३१ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स / माघ २०, सिरहा – सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-१, हटिया बजारमा श्रीमद्भागवत गीता ज्ञान महायज्ञ भव्य रूपमा सुरु भएको छ। सनातन धर्मप्रति आस्था र विश्वास राख्ने भक्तजनहरूको सामूहिक प्रयासमा माघ २० गते आइतबारदेखि विधिविधानअनुसार महायज्ञको शुभारम्भ गरिएको हो। धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपले सकारात्मक प्रभाव पार्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत गीता ज्ञान सप्ताहव्यापी कथा वाचन कार्यक्रम आगामी माघ २७ गतेसम्म निरन्तर सञ्चालन हुने छ भने माघ २८ गते विशाल शान्ति हवन कार्यक्रम आयोजना गरिने आयोजक समितिले जनाएको छ। IMG_20250202_125536 आयोजकका अनुसार महायज्ञमा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको छ भने विशेषगरी पालिकाका विभिन्न गाउँहरूका युवाहरूको सक्रिय सहभागिता यस कार्यक्रमलाई भव्य बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ। महायज्ञको उद्घाटन विष्णुपुर गाउँपालिकाका अध्यक्ष सत्यनारायण यादव तथा प्रमुख कथा वाचक श्री शिवांश महाराजको उपस्थितिमा गरिएको थियो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, धार्मिक गुरुहरू, समाजसेवी, बुद्धिजीवी, व्यापारी वर्ग, महिला समूह तथा भक्तजनहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय युवा बिन्देश्वर यादव ,तालेश्वर यादव ,असोक साह,सन्तोष यादव ,सुरेश यादव लगायतका सनातनि युवाहरूको उपस्थिति रहेको थियो ।IMG_20250202_125532

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...