विष्णुपुरमा श्रीमद्भागवत गीता ज्ञान महायज्ञ २० गतेदेखि सुरु हुने

  • माघ १८, २०८१
  • १७३६ पटक पढिएको
  • राम पुकार यादव
alt

सिरहा माघ २८,  सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका-१, हटिया बजारमा १०८ भव्य संगीतमय श्रीमद्भागवत गीता ज्ञान महायज्ञ माघ २० गतेदेखि आयोजना हुने भएको छ। सम्पुर्ण सनातनि धर्मी सेवा समाज, विष्णुपुर-१ को आयोजनामा हुने यस महायज्ञमा ख्याति प्राप्त कथा वाचक श्री शिवानन्द महाराज काशी बनारसका कथा बाचक द्वारा प्रवचन दिइनेछ। कार्यक्रमको शुभारम्भ २० गते आइतबार बिहान ९ बजे विशाल कलश यात्रा बाट हुनेछ भने सोही दिनदेखि कथा लीलाको औपचारिक शुभारम्भ गरिनेछ। कथा प्रवचन प्रत्येक दिन दिउँसो २ बजे देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ। महायज्ञ ७ दिनसम्म अर्थात २७ गते सम्म लगातार सञ्चालन हुने आयोजक समितिले जनाएको छ। १०८ विशाल शान्ति हवन समेत सम्पन्न गरिने समेत आयोजक कमिटीले जनाएका छन । आयोजकले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई महायज्ञमा सहभागी भई धर्मलाभ प्राप्त गर्न हार्दिक अनुरोध गरेका छन्। यज्ञमा यजमान बन्ने इच्छुक श्रद्धालुहरूले आयोजकमार्फत नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...