नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरको १० औं साधारण सभा भव्य रुपमा सम्पन्न

  • पुस २९, २०८१
  • ४८२ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका–२ र ३ मा अवस्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा राजपुरको १० औं साधारण सभा भव्य र सुसंगठित तरिकाले सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटीले दिगो मानवसेवा र समुदायको उत्थानका लागि सक्रियतासाथ काम गर्दै आएको सन्दर्भमा यसपटकको साधारण सभाले पनि संस्था सुधार, आगामी कार्ययोजना, र प्रतिबद्धता प्रस्तुत गर्दै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। IMG_20250113_151644 सोमबार आयोजना गरिएको उक्त सभाको प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी सिरहाका मन्त्री राजदेव ठाकुर रहेका थिए भने सभापतित्व उपशाखाका अध्यक्ष जिबनाथ यादवले गरेका थिए। सभामा नेपाल रेडक्रस सोसाइटीको अस्कर सदस्य जागेश्वर यादव, वडानम्बर ३ का अध्यक्ष जयकुमार यादव, वडानम्बर २ का अध्यक्ष प्रमोद कुमार यादव ,फुलगेन यादव , भुपु शिक्षक राम अयोधि यादव , भुपु कृषि कर्मचारी शिबशंकर यादव लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। त्यस्तै, सयौं आजीवन सदस्यहरू पनि कार्यक्रममा सहभागी भई उपशाखाको प्रगति, समस्याहरू, र सुधारका उपायहरूमा आफ्नो विचार व्यक्त गरेका थिए। कार्यक्रमका वक्ताहरूले रेडक्रस सोसाइटीको कार्यक्षमता वृद्धि गर्नका लागि नयाँ योजना र रणनीतिहरू प्रस्तुत गरेका थिए। IMG_20250113_143206 यसमा विशेष गरी विपद् व्यवस्थापन, रक्तदान कार्यक्रमहरूको नियमितता, स्वास्थ्य जागरण अभियान, र विपन्न वर्गका लागि विशेष राहत कार्यक्रमलाई प्राथमिकता दिने विषयमा जोड दिइएको थियो। यसका साथै, संस्थाको आन्तरिक संरचनालाई थप व्यवस्थित गर्न र आर्थिक पारदर्शिता कायम गर्न अडिट प्रतिवेदनले विशेष ध्यानाकर्षण गराएको थियो। अडिट प्रतिवेदन भूपू शिक्षक राजकुमार कामतले प्रस्तुत गरेका थिए, जसले संस्थाको आर्थिक स्थिति, बजेट उपयोग, र आगामी आर्थिक वर्षका लागि प्रस्तावित योजनाको विवरण प्रस्तुत गरे। कार्यक्रममा स्वागत मन्तव्य शिक्षक धनिकलाल मण्डलले राखेका थिए भने सञ्चालन शिक्षक दिनेश यादवले प्रभावकारी तरिकाले गरेका थिए। कार्यक्रमको व्यवस्थापन पक्षलाई अझ प्रभावकारी बनाउन संस्थाका सचिव गोपाल नारायण श्रेष्ठको सक्रिय भूमिका रहेको थियो। IMG_20250113_143739 सचिव श्रेष्ठले सहभागीहरूको व्यवस्थापनदेखि कार्यक्रम सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउन समेत महत्वपूर्ण योगदान दिएका थिए। साधारण सभाको दौरान, सहभागीहरूले विभिन्न विषयमा आफ्नो सुझाव र गुनासा राख्दै संस्थाको सुधारका उपायहरूमा बहस गरेका थिए। सहभागीहरूले रेडक्रस सोसाइटीको सेवा र समर्पणलाई सराहना गर्दै यसलाई अझ प्रभावकारी बनाउन सबै पक्षले एकजुट भएर काम गर्नुपर्ने धारणा व्यक्त गरे। यसपटकको साधारण सभाले स्थानीय समुदायमा रेडक्रसको भूमिका र योगदानलाई थप मजबुत बनाउने विश्वास दिलाएको छ। यसले रेडक्रस उपशाखा राजपुरको आगामी योजना कार्यान्वयनका लागि एक ठोस खाका तयार गर्न मद्दत पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...