प्रदेश टाइम्स/ सिरहा । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिष्णुपुरले शनिबार आफ्नै भवनमा चौंथो साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा उपशाखाको वार्षिक समीक्षा, आगामी योजनाहरू तथा सामाजिक सेवाका विषयमा छलफल गरिएको थियो। कार्यक्रम विविध गतिविधि र सहभागितामार्फत सफलतापूर्वक सम्पन्न भएको उप शाखा अध्यक्ष अनिरुद यादवले जनाइएको छ। कार्यक्रमको प्रमुख अतिथि बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादव र बिशिस्ट अतिथि रेडक्रस सोसाइटीका जिल्ला सभापति राजदेव यादव रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2025 - Pradeshtimesdainik.com - All rights reserved