बाराको उत्कृष्ट पचरौता नगरपालिकाद्वारा खेलाडीलाई नगदसहित सम्मान

  • पुस २४, २०८१
  • ३८० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बाराको उत्कृष्ट नगरपालिका मानिएको पचरौता नगरपालिकाले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रथम संस्करणका च्याम्पियन टोली जनकपुर बोल्ट्सका खेलाडीहरूलाई सम्मान गरेको छ। पचरौता नगरपालिकाका मेयर एवम् प्रखर वक्ता जलन्धर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जनकपुर बोल्ट्सका कप्तान अनिल साह र सोही टोलीका खेलाडी अरनिको यादवलाई दोसल्ला ओढाई नगद ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरिएको हो। कार्यक्रममा पचरौता नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह, नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष लक्ष्मी यादव, वडा नम्बर ३ का अध्यक्ष धेनुक पटेल, वडा नम्बर ६ का अध्यक्ष मकबुल अन्सारी, वडा नम्बर ९ का अध्यक्ष गगनदेव प्रसाद यादव, शिक्षा सह-संयोजक मुकेश कुमार पटेललगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा अध्यक्षता वडा नम्बर ७ का अध्यक्ष बनारसी मुखियाले गरेका थिए। खेलाडीहरूको मनोबल वृद्धि गर्दै खेलकुदमा प्रोत्साहन दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ। प्रमुख अतिथि जलन्धर सिंहले पचरौता नगरपालिकाले खेल र खेलाडीप्रति आफ्नो प्रतिबद्धता प्रदर्शन गरेको बताउँदै यस प्रकारका सम्मानले स्थानीयस्तरका प्रतिभाहरूलाई थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...