आबि राजपुर विद्यालय नजिकैको सडक समस्या समाधानको लागि सर्वसम्मत निर्णय- प्रदेश टाइम्स

  • पुस १३, २०८१
  • ४८९ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स, पुस १३ गते/ सिरहा । शनिवार, श्री जनता आधारभूत विद्यालय, राजपुर विष्णुपुर गापा-२, स्कुल प्रवेश गर्ने सडक समस्या समाधानको लागि विष्णुपुर गाउँपालिकाका अध्यक्ष श्री सत्यनारायण यादवको अध्यक्षतामा बैठक सम्पन्न भयो। बैठकमा वडा नं. २ र ३ का वडा अध्यक्षहरूसहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो। सर्वसम्मत निर्णय अनुसार, विद्यालयको पर्खालदेखि मिथलेश झाको डेरासम्म २९ फिट चौडा, रामनारायण यादवको विजुली पोलदेखि मिथलेश झाको गेटसम्म १५ फिट चौडा, र राजदेव साहको सीमादेखि गोकुल श्रेष्ठको विजली पोलसम्म १३ फिट चौडा सडक निर्माण गरिने छ। बैठकमा गाउँपालिका अध्यक्ष, स्थानीय प्रहरी प्रशासन , समाजको भद्रभलादमि बुद्धिजीवी अगुवाहरु लगायत स्थानीयबासीहरूसहितका स्थानीय जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर निर्णय गरि बाटोको लागि समहमति बनाएका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...