नेपाल प्रहरी प्रदेश कार्यालयद्वारा सिरहा प्रहरीको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न -प्रदेश टाइम्स

  • पुस ९, २०८१
  • २३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स, मंसिर ९ गते/ सिरहा ।  नेपाल प्रहरी प्रदेश कार्यालय, जनकपुरधाम, धनुषाका कार्यालय प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र बहादुर गुरुङज्यूको नेतृत्वमा एक टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाको अनुगमन तथा निरीक्षण कार्यक्रम सम्पन्न गरेको छ। यस क्रममा टोलीले अपराध नियन्त्रण तथा अनुसन्धान कार्य योजना (CAP) कार्यान्वयनको समीक्षा, मुल्याङ्कन, तथा विभिन्न शाखाहरूको निरीक्षण गरेको थियो। निरीक्षणका क्रममा अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, उजुरी छानबिन शाखा, र हिरासत कक्षको अवस्था तथा क्रियाकलापहरूको गहन अध्ययन गरिएको थियो। एसएसपी गुरुङज्यूले अनुगमनपछि प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन प्रदान गर्दै अपराध अनुसन्धान, सेवा प्रवाह, र हिरासत व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन सुझाव दिनुभएको थियो। साथै, टोलीले प्रहरीको दैनिक कार्यसम्पादन, सेवा प्रवाहको प्रभावकारिता, र समग्र अपराध नियन्त्रण रणनीतिको प्रभावकारीता सुनिश्चित गर्नका लागि कर्मचारीहरूको ध्यानाकर्षण गराएको थियो। उक्त अनुगमन कार्यक्रमले प्रहरी संगठनभित्र थप अनुशासन, पारदर्शिता, र परिणाममुखी कार्यशैलीको विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...