सिरहाको विष्णुपुर गाउँपालिकास्थित जमाबि गौरिपुरमा विद्यार्थीद्वारा तालाबन्दी, निकाय र बिद्यालय प्रशासन मौन

  • पुस ८, २०८१
  • ५४४ पटक पढिएको
  • राम पुकार यादव
alt

 सिरहा – सिरहाको विष्णुपुर गाउँपालिका–१ मा रहेको जनता माध्यमिक विद्यालय (जमाबि) गौरिपुरमा विद्यार्थीहरूले विभिन्न समस्या समाधानको माग राख्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरूले विद्यालयमा नियमित पठनपाठन नहुनु, आधारभूत शैक्षिक सामग्रीको अभाव, शिक्षकहरूको समयमै उपस्थित नभएको, छात्रा शौचालयको अभाव र विद्यालय प्रशासनले गम्भीरता नदेखाएको भन्दै विरोध जनाएका हुन्। उनीहरूले विद्यालयको शैक्षिक सुधार र आवश्यक सुविधा उपलब्ध गराउन दबाब दिने उद्देश्यले आइतबार देखिनै गर्दै तालाबन्दी गरेको कक्षा १० मा अध्यनरत विद्यार्थी सुदिप कुमार महतो र बिमलेश साहले बताएका छन्। तालाबन्दीका कारण विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि अवरुद्ध भएको छ। विद्यार्थीहरूले विद्यालय प्रशासनले तत्काल आफ्ना माग पूरा नगरे थप आन्दोलनको चेतावनी दिएका छन्। विद्यालयका प्रधानाध्यापकले विद्यार्थीका मागबारे छलफल गर्न विद्यालय व्यवस्थापन समिति र सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन्। उनले समस्या समाधान गर्न आवश्यक कदम चालिने प्रतिबद्धता जनाएका छन्। यस घटनाले गाउँपालिकाभित्रको शैक्षिक व्यवस्थाप्रति स्थानीयबासीको ध्यानाकर्षण गराएको छ। विद्यार्थीहरूको मागको सम्बोधन गर्न सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेको बेला यहाँका स्थानीय जनप्रतिनिधि र बिद्यालयको प्रधानाध्यापकको मौनताले हजारौं बिद्यार्थीको भबिष्य अन्योलमा रहेको स्थानीय अभिभावकहरुले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...