सिरहाको नरहा गाउँपालिका: विद्यालय व्यवस्थापन समितिको विवादले उग्र रूप लिँदै, गापा अध्यक्ष प्रहरीको निगरानीमा

  • पुस ५, २०८१
  • ५९१ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा ।  सिरहा जिल्लाको नरहा गाउँपालिका पानबारीस्थित श्री सरण माध्यमिक विद्यालयमा व्यवस्थापन समितिको गठनलाई लिएर उत्पन्न विवादले शुक्रबार उग्र रूप लिएको छ। स्थानीय स्रोतका अनुसार, गाउँपालिका अध्यक्ष राम प्रमोद यादवप्रति स्थानीयवासी आक्रोशित भएका छन्। विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रिया विवादास्पद बनेपछि स्थानीयहरूले गाउँपालिका अध्यक्ष यादवलाई घेरेर आपत्ति जनाएका थिए। घटनास्थलमा उपस्थित एक स्थानीय व्यक्तिले अध्यक्षमाथि हातपात भएको दाबी गरे। तर, गाउँपालिकाको एक कर्मचारीले भने यस्तो आरोप अस्वीकार गर्दै, विवाद त भएको तर हातपात नभएको बताएका छन्। घटनाको थप जटिलता उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अध्यक्ष यादवलाई निगरानीमा राखे पनि स्थानीयहरूको आक्रोश भन्ने किनारा नलागेको स्थानीयले बताएका छन । विवादको विषयलाई लिएर स्थानीयवासीहरू अध्यक्षप्रति असन्तुष्टि व्यक्त गर्दै उनीमाथि कुशासन र जनताका समस्या नसुन्ने आरोप लगाइरहेका छन्। स्थानीय एक व्यक्तिले भने, "विद्यालयजस्तो संवेदनशील विषयमा पनि नेताहरूले आफ्नो स्वार्थ हावी गर्न खोजेका छन्। यो हाम्रो भविष्यका लागि घातक हो।" भनेका छन । 

स्थानीय जनताको भनाइअनुसार, गाउँपालिका अध्यक्षले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, अनियमितता र भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन्। एक स्थानीय नागरिकले भन्यो, "यदि प्रहरी १० मिनेटका लागि हटाइयो भने गाउँको वास्तविक अवस्था देखिनेछ। पाप धुरीबाट कराउँछ भन्ने उखान यस्तै व्यक्तिलाई लागू हुन्छ।"

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...