गोलबजार खानेपानीको चुनावमा मेहनती जिबछ साहको प्यानल घरदैलो कार्यक्रममा

  • पुस २, २०८१
  • ३५६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 पुस-२ सिरहा। सिरहाको गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका मेहनती र इमान्दार उम्मेदवार जिवाछ साहको प्यानल घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्। उनले उपभोक्ताको समस्या सुन्दै शुद्ध खानेपानीको सुनिश्चितताका लागि आफूले नेतृत्व लिन चाहेको बताएका छन्। उम्मेदवार साहको जनतासँगको प्रत्यक्ष सम्पर्क र समाधानमुखी प्रतिबद्धताले उनलाई बलियो उम्मेदवारको रुपमा उभ्याएको छ। उनले उपभोक्तामाझ घरदैलो कार्यक्रम गर्दै गोलबजारको खानेपानी समस्या समाधानको योजना प्रस्तुत गरिरहेका छन्। मतदाताहरुको समर्थनले र स्थानीयहरुको समर्थनले उहाँलाई बलियो उम्मेदवारको रुपमा उभ्याएको छ भने स्थानीय र उपभोक्ताले पनि उनको योजनालाई सकारात्मक रूपमा लिएका छन्। नेकपा माउवादी पाटि बाट अध्यक्ष पदका उम्मेदवार बनेका साहले भने, “गोलबजार क्षेत्रका उपभोक्तालाई शुद्ध र सहज खानेपानी पुर्याउनु मेरो मुख्य प्राथमिकता हो। यस समस्याको स्थायी समाधानका लागि म प्रतिबद्ध छु।” पुस ५ गते हुने उपभोक्ता समिति निर्वाचनले गोलबजार खानेपानीको व्यवस्थापनमा नयाँ नेतृत्व चयन गर्नेछ। कर्मठ र मेहनती उम्मेदवार साहले उपभोक्ताको मन जित्न निरन्तर रूपमा आफ्नो अभियान जारी राखेका छन्। स्थानिय उपभोक्ताहरुले पनि खानेपानीको समस्या समाधानका लागि सकारात्मक परिवर्तनको अपेक्षा गर्दै साह प्रति विश्वास प्रकट गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...