जिम्बाब्बेमा आँधीका कारण २४ को मृत्यु, दर्जनौं बेपत्ता

  • पुस १७, २०२६
  • १९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

एजेन्सी : जिम्बाब्बेको पूर्वी क्षेत्रमा आएको आँधीका कारण कम्तीमा २४ जनाको मृत्यु छ । शुक्रबार मोजाम्बिक नजिकै सीमा क्षेत्रमा आएको आँधीले १०० जनाभन्दा बढी व्यक्ति हराएका स्थानीय एक सांसदले बताए। आँधीका कारण हजारौँ मानिस प्रभावित भएका छन्।

आँधी प्रभावित क्षेत्रमा विद्युत् काटिएको छ भने पुलहरू बाढीले बगाएको छ। पूर्वी चिनामानि जिल्लाका सांसद जोसुवा साक्कोले एएफपीसँग भने, ‘अहिलेसम्मको जानकारीअनुसार २४ जनाको मृत्यु भएको र १ सय भन्दा बढी सम्पर्कमा आउनसकेका छैनन्।’

आँधी र आँधीपछि आएको बाढीका कारण २५ घरहरूको निशाना पनि भेट्न नसकिने गरी बगाएको बताइएको छ। बाढी, पहिरो र आँधीका कारण सयौँ घरमा क्षति पुगेको बताइएको छ। आँधीपूर्व गत हप्ता भएको अत्यधिक वर्षाका कारण मोजाम्बिकमा ६६ जनाको मृत्यु भएको र करिब १७ हजार मानिस विस्थापित भएका थिए।

प्रतिक्रिया दिनुहोस

झिझिया : मिथिलाको ल ...

 राम पुकार यादव – प्रकृतिप्रेमी ।  मिथिलाको माटोमा अनेकौँ लोकपरम्परा, संस्कृति र जीव ...

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...