उपभोक्तालाई शुद्ध र सहज खानेपानी पुर्याउनु मेरो मुख्य प्राथमिकता हो - साझा उम्मेदवार लामा

  • पुस २, २०८१
  • ८५३ पटक पढिएको
  • Pradesh Times
alt

 पुस- २सिरहा। गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्ष पदका साझा उम्मेदवार प्रमोद लामा घरदैलो कार्यक्रमलाई तिव्र बनाएका छन्। उनले उपभोक्ताको समस्या सुन्दै शुद्ध खानेपानीको सुनिश्चितताका लागि आफूले नेतृत्व लिन चाहेको बताएका छन्। नेकपा (एमाले), नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्ष पदका साझा उम्मेदवार बनेका लामाले भने, “गोलबजार क्षेत्रका उपभोक्तालाई शुद्ध र सहज खानेपानी पुर्याउनु मेरो मुख्य प्राथमिकता हो। यस समस्याको स्थायी समाधानका लागि म प्रतिबद्ध छु।” उनले उपभोक्तामाझ घरदैलो कार्यक्रम गर्दै गोलबजारको खानेपानी समस्या समाधानको योजना प्रस्तुत गरिरहेका छन्। विभिन्न दलको समर्थनले उनलाई बलियो उम्मेदवारको रुपमा उभ्याएको छ भने स्थानीय उपभोक्ताले पनि उनको योजनालाई सकारात्मक रूपमा लिएका छन्। पुस ५ गते हुने उपभोक्ता समिति निर्वाचनले गोलबजार खानेपानीको व्यवस्थापनमा नयाँ नेतृत्व चयन गर्नेछ। साझा उम्मेदवार लामाले उपभोक्ताको मन जित्न निरन्तर रूपमा आफ्नो अभियान जारी राखेका छन्। स्थानिय उपभोक्ताहरुले पनि खानेपानीको समस्या समाधानका लागि सकारात्मक परिवर्तनको अपेक्षा गर्दै लामा प्रति विश्वास प्रकट गरिरहेका छन्। उम्मेदवार लामाको जनतासँगको प्रत्यक्ष सम्पर्क र समाधानमुखी प्रतिबद्धताले उनलाई बलियो उम्मेदवारको रुपमा उभ्याएको छ।

प्रतिक्रिया दिनुहोस

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

युवा नेता अमित कुमार ...

 सिरहा । युवा नेता अमित कुमार साहको विशेष पहलमा मिर्चैया नगरपालिका–६ स्थित श्री आधारभूत व ...

विष्णुपुरमा ५५ वर्षी ...

 सिरहा । मिर्चैया नगरपालिका–१० पिप्राका करिब ५५ वर्षीय रामेश्वर महराको विष्णुपुर गाउँपालि ...