सप्तरीमा नव निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार साह पक्राउ

  • मंसिर २०, २०८१
  • १३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरह । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.-१ का नव निर्वाचित वडाअध्यक्ष धिरेन्द्र कुमार साहलाई पातो प्रहरीले फौजदारी मुद्दामा पक्राउ गरेको छ। जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपनिर्वाचन २०८१ मा वडाअध्यक्षमा निर्वाचित भएका साह आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने तयारीमा थिए। प्रहरीले उनलाई थुनामा राखेपछि वडा नं.-१ र आसपासको क्षेत्र चर्चामा छ। साहले उपनिर्वाचनमा विजय हासिल गर्दै वडाअध्यक्ष पदमा चयन भए पनि फौजदारी मुद्दामा थुनामा परेपछि उनकाे पदग्रहण प्रक्रिया अनिश्चित बनेको छ। हालसम्म प्रहरी र सम्बन्धित निकायले पक्राउको कारण र मुद्दाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। घटनाको थप जानकारीका लागि सबैको ध्यान प्रहरीले दिने आधिकारिक बयानतर्फ केन्द्रित छ। यो घटनाले स्थानिय राजनीतिक वातावरणलाई तातो बनाएको छ भने वडा नं.-१ का नागरिकहरूले पनि घटनाप्रति चासो देखाएका छन्।

प्रतिक्रिया दिनुहोस

कृषि विकास बैंक सिरह ...

प्रदेश टाइम्स/ सिरहा — कृषि विकास बैंक सिरहा शाखाका हाकिम कृष्ण निरौलाको नेतृत्वमा भइरहेका अनि ...

मधेसी सहिद दिवसमा प् ...

प्रदेश टाइम्स / सिरहा । मधेसी सहिद दिवसको अवसरमा प्रदेश सांसद राम बाबु यादवले आज विशेष कार्यक्रमका ब ...

सानाकिसान कृषि सहकार ...

 बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यतामा तथा सानाकिसान कृषि सहकारी स ...