सुजमावि औरहीमा २४ कोठे भवनको शिलान्यास

  • मंसिर २०, २०८१
  • ३७३ पटक पढिएको
  • बद्री नारायण यादव
alt

प्रदेश टाइम्स/ सिरहा, १९ मंसिर , सिरहाको औरही गाउँपालिकामा २४ कोठे तीन तल्ले भवन निर्माणको शिलान्यास गरिएको छ। सुन्दर जनता माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष शिवजी यादवले भवन निर्माणको शिलान्यास गर्दै विद्यालयलाई क्याम्पसमा रूपान्तरण गर्ने दीर्घकालीन योजना रहेको बताएका छन्। गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिको मागअनुसार विद्यालयको चौतर्फी विकासमा ध्यान दिँदै आएको उल्लेख गर्दै अध्यक्ष यादवले शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक भौतिक निर्माणमा जुटेको जानकारी दिए। उनले छात्रावास भवन निर्माणका लागि डिपीआर (विस्तृत आयोजना प्रतिवेदन) तयार भइसकेको र बजेटको सुनिश्चितता भएपछि निर्माण कार्य अघि बढ्ने बताए।

 क्याम्पस स्थापनाका लागि महायज्ञ र चन्दा अभियान : क्याम्पस स्थापना गर्न विष्णु महायज्ञ आयोजना गरी प्राप्त आम्दानी क्याम्पस निर्माणमा लगाइने र थप आर्थिक स्रोत जुटाउन चन्दा अभियान सञ्चालन गरिने अध्यक्ष यादवले जानकारी दिए। शैक्षिक क्षेत्रको विकासका लागि सबै पक्षले सकारात्मक सुझाव दिनुका साथै सहयोग गर्नुपर्नेमा उनले जोड दिए। विकास र शिक्षा क्षेत्रमा राजनीति नगर्न आग्रह विद्यालय व्यवस्थापन समितिको तर्फबाट अध्यक्ष यादवले विकासका काममा राजनीति नगर्न सबैमा आग्रह गर्दै शैक्षिक सुधारको पहल आवश्यक भएको बताए। उपाध्यक्ष रेणु कुमारी यादवले मागअनुसार सुविधा पाउँदा पनि शिक्षामा अपेक्षित सुधार नभएको भन्दै यो समस्यालाई सम्बोधन गर्न गम्भीर हुनुपर्ने बताइन्।

संघीय र स्थानीय सरकारको सहयोगमा निर्माण कार्य : गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्य कुमार कर्णका अनुसार संघीय सरकारको वित्तीय समानीकरण अनुदान बजेट र गाउँपालिकाको लगानीमा भवन निर्माण गरिनेछ। कुल लागत ७ करोड ९४ लाख १८ हजार ८९० रुपैयाँ रहेको यस परियोजना निर्माणको जिम्मा एसएमटी बीएम जेभी काठमाडौँले पाएको छ। इन्जिनियर दिपेन्द्र कुमार यादवले २०८४ साल असार २० भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए। भवनसँगै चिल्ड्रेन पार्क, भलिबल र बास्केटबल कोर्टसमेत निर्माण गरिने छ। सहभागीहरूद्वारा विचार आदान–प्रदान : कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष रामपृत यादवको अध्यक्षतामा वडाध्यक्ष जीवछ यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव यादवलगायतले शिक्षा क्षेत्रमा भवन निर्माणले ल्याउने परिवर्तनबारे आ–आफ्ना धारणा व्यक्त गरे। कार्यक्रममा स्थानीयबासीसहित सैकडौं व्यक्तिको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...