नेपाल पत्रकार महासंघको निर्वाचन: वाम प्रगतिशील खेमाको संयुक्त धारणा सार्वजनिक

  • मंसिर १९, २०८१
  • २०७२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 काठमाडौं, २०८१ मंसिर १९ – नेपाल पत्रकार महासंघको आगामी मंसिर २८ गते हुने निर्वाचनलाई लक्षित गर्दै वाम प्रगतिशील खेमाका पाँच पत्रकार संगठनहरूले संयुक्त धारणा सार्वजनिक गरेका छन्। पाँचै संगठनले महासंघलाई साझा पत्रकार संगठनका रूपमा स्थापित गर्ने आवश्यकतामा जोड दिएका छन्। प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठन नेपाल, क्रान्तिकारी प्रेस संगठन, जनपत्रकार संगठन नेपाल, र प्रगतिशील पत्रकार संगठन नेपालको संयुक्त छलफलपछि जारी गरिएको विज्ञप्तिमा निम्न महत्वपूर्ण बुँदाहरू समावेश छन्: १. महासंघको घोषित निर्वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा र निर्धारित मितिमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको छ। साथै, सदस्यता विवादका कारण केही जिल्ला शाखामा भएको तालाबन्दी समस्याको समाधान गर्न महासंघ नेतृत्व गम्भीर हुनुपर्ने माग गरिएको छ। २. महासंघको साझा चरित्रको रक्षा गर्दै सहमतीय नेतृत्व निर्माणका लागि प्रतिबद्धता व्यक्त गरिएको छ। यस सन्दर्भमा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको निर्णायक भूमिकामा गम्भीर ध्यानाकर्षण गराइएको छ। ३. सहमति नबनेको अवस्थामा भने पाँच संगठन प्रतिस्पर्धात्मक प्रक्रियामा एउटै मोर्चा बनाएर अघि बढ्ने निर्णय गरेका छन्। संयुक्त धारणा जारी गर्ने क्रममा प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जुगल’, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठनका अध्यक्ष नारायण शर्मा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, र प्रगतिशील पत्रकार संगठन नेपालका महासचिव प्रकाश थापाको उपस्थिति थियो। निर्वाचनले नेपाली पत्रकारिताको समग्र भविष्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा सहित सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरिएको छ।FB_IMG_1733298439434

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...