बालिकामाथि बलात्कार आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

  • मंसिर १०, २०८१
  • १०३८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स सम्बाददाता  / सिरहा सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ असारेका ७२ वर्षीय रुद्र बहादुर खत्रीलाई १० वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले मंसिर ९ गते राति करिब ८ बजेतिर त्रियुगा नगरपालिका वडा नं. ४ बगहाबाट खत्रीलाई नियन्त्रणमा लिई रातिनै ईलाका प्रहरी कार्यालय लहानमा ल्याएको हो। पीडित परिवारले दिएको उजुरीका आधारमा प्रहरीले खोजी कार्य तीव्र बनाएको थियो। स्थानीय सूचनाको आधारमा अभियुक्तलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। खत्रीको गिरफ्तारीको खबरले स्थानीय बासिन्दालाई आक्रोशित बनाएको छ। उनीहरूले दोषीमाथि कडा कानूनी कारबाहीको माग गर्दै ईलाका प्रहरी कार्यालय लहानमा विरोध जनाएका थिए। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस

बिष्णुपुर–२ को जनता ...

 सिरहा। सिरहाको बिष्णुपुर गाउँपालिकाले वडा नम्बर २ स्थित श्री जनता माध्यमिक (प्राविधिक) विद्याल ...

सिरहामा ११० किलोभन्द ...

सिरहामा सशस्त्र प्रहरीले ११० किलोभन्दा बढी प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। ...

बन्दीप्रत्यक्षीकरण र ...

 सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहासहित विपक्षी बनाइएको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदन ...