सरकारि अधिकारिहरु बस्ने प्रमुख थलो सिरहा नै विकासमा पछाडी

  • मंसिर १०, २०८१
  • २३९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा । मधेस प्रदेश अन्तर्गतको जिल्लाहरु मध्ये सिरहा पनि एक प्रमुख जिल्ला हो । यस जिल्ला भित्र सिरहा , लहान , गोलबजार , मिर्चैया , बिष्णुपुर , सुखिपुर धनगढी , कल्याणपुर , बरियारपट्टि , चोहर्वा लगायतका मुख्य व्यपारिक क्षेत्रहरू रहेका छन । यस क्षेत्रहरू मध्ये सिरहा यस जिल्लाका सदरमुकाम नै हुन । जुन जिल्लाकै प्रमुख अधिकारिहरु बस्ने थलो हो । जहाँको विकास दशकौं पहिलाको जस्तै देखिएको छ । जिल्लाकै प्रमुखहरु बस्ने ठाउँहरुमा जनताको अपेक्षाकृत आवश्यकता र चाहना अनुसार बिकास र समृद्धि हुन नसकिएपछि सिरहाको मुहार कहिले फेरिने ? चिन्ता स्थानीय जनतामा पलाएका छन । सिरहाको बिकास दशकौं पहिलाको जस्तै देखिएको सिरहाका बरिस्ठ पत्रकार देवकुमार यादव बताउनुहुन्छ । पत्रकार यादवका अनुसार जिल्लाका सिडियो , जिल्ला समन्वय ,शिक्षा समन्वय , अदालत ,मालपोत ,नापि ,कृषी ,भेटेनरी ,सिचाइ ,हुलाक बिधुत , भन्सार , प्रहरी , शस्त्र , अनुसन्धान क्यम्पस , कलेज लगायत सम्म्का अधिकारीहरुले बस्ने थलो हो । तर भन्ने जिल्ला भित्रकै ठाउँ र क्षेत्रहरूको तुलनात्मक बिकासको दृस्टिकोणमा सिरहाको बिकास भन्ने पछाडी नै देखिएको स्थानीयहरुको कथन रहेको छ । त्यसरि नै ब्यबस्थापनको कमिले सिरहाको सडक बाटोमा दिनानुदिन दुर्घटनाको जोखिम बढ्दै गएको सिरहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद कामतिले बताए । अध्यक्ष कामतिका अनुसार सिरहा चोहर्वा मुख्य सडक खन्ड अन्तर्गत बहिरा सँघ नजिक ट्राफिक होर्डिङ बोर्डहरुको ब्यबस्था नभएको कारण दिनहुँ दुर्घटना हुने गरेको बताउँछन । त्यसतै सँघिय संरचना अन्तर्गत तहगत प्रणाली आइसक्दा पनि सिरहाको उतरि क्षेत्र गुलजार र दक्षिणी क्षेत्र उजाड भएको सिरहकै बरिस्ठ पत्रकार चन्द्र देब कामतिले बताए । उहाँले लोकतन्त्र आउँदापनि सदरमुकाम सिरहाको गतिलो बिकास हुन नसक्नुको कारण यहाँको निष्क्रिय राजनीति नेतृत्वले हो । उहाँले भने सिरहाको राजनीति नेतृत्वको सन्दर्भमा भन्ने हो भने राजनीति रुपले राज्यसँग प्रत्यक्ष पहुँचमा बस्ने नेता चन्द्र नरायण यादव ,हेमनरायण यादव कृष्ण चरन श्रेष्ठ, बिशेश्वर मोरबैता ,राजदेब गोइत लगायतका नेताहरू यहीँको हुनुहुन्थ्यो । हाल उहाँहरु नभएपनि वर्तमान समयमा उहाँहरुकै परिवारको सिरहालि राजनीतिमा हालिमुहालि र शर्वशक्तिको अभाष जनतामा छन । त्यति हुँदापनि बिकास भन्ने धिमगतिमा मात्र होइन इमलिचौकको इमलि बोट उजाड भएजस्तै बिकास पनि उजाड भएको देखिन्छ भन्नुभयो । उहाँले , सिरहाको बिकासको सवालमा संरचनागत ,बजारीकरण र सडक बाटोघाटो सहजताको लागी जिम्मेवारपुर्ण नेतृत्वदायि भुमिका निर्वाह कस्ले गर्ने भन्ने बिचार पोखे ।

प्रतिक्रिया दिनुहोस

गोबिन्द प्रसाद चौलाग ...

प्रदेश टाइम्स /  सिरहा, मंसिर २१ – नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक ...

सप्तरीमा नव निर्वाचि ...

प्रदेश टाइम्स/ सिरह । सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं.-१ का नव निर्वाचित वडाअध्यक्ष धिर ...

सुजमावि औरहीमा २४ को ...

प्रदेश टाइम्स/ सिरहा, १९ मंसिर , सिरहाको औरही गाउँपालिकामा २४ कोठे तीन तल्ले भवन निर्माणको शिलान्यास ...