५११ औँ दिव्य धर्म यज्ञ दिवसको अवसरमा १३ नव जोडीहरुको दाइजोमुक्त अन्तरजातीय विवाह सम्पन्न

  • मंसिर १, २०८१
  • ३९४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । समाजलाई दाइजोमुक्त बनाउने अभियान अन्तर्गत मधेस प्रदेशमा १३ वटा नव जोडीको दाइजोरहित सामुहिक विवाह सम्पन्न भएको छ ।

  धनुषा जिल्लाको मिथिला न.पा. - २ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा ५११ औं दिव्य धर्म यज्ञ दिवसको अवसरमा दाइजोरहित १३ वटा नव जोडिहरुको सामुहिक अन्तरजातीय बिबाह सम्पन्न भएको हो ।

   बिगत झैं यस वर्ष पनि भव्यताका साथ मनाएको ५११ औं दिव्य धर्म यज्ञ दिवसको उपलक्ष्यमा सन्त रामपालजी महाराजका अनुयायीहरु द्वारा कार्तिक २९ देखि मंसिर १ गते सम्मका लागि तीन दिवसीय अखण्ड पाठ तथा विशाल भन्डारा कार्यक्रमको आयोजना गरिएको आयोजक कमिटी सदस्य सुर्यदेव यादव दासले बताए ।

   कार्यक्रममा नेपाल प्रहरी मधेस प्रदेशका डिआईजी लगायत सुरक्षा निकायका उच्च अधिकारीहरु, विभिन्न न.पा. का मेयर तथा वडा अध्यक्षहरु,विभिन्न निकायका प्रमुख कर्मचारीहरु, डाक्टर तथा  इन्जिनियरहरु लगायतका व्यक्तित्वहरुको बहुसंख्यक सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

बजेट दुरुपयोगको खेलम ...

 विष्णुपुर गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार १४ वटा सामुदायिक विद्यालयको ...

विनियोजन विधेयकमा त् ...

१ असार, काठमाडौं । करका दर हेरफेर विवादबारे डा. स्वर्णिम वाग्लेले विगतमा पनि तत्कालीन अर्थमन्त्रीह ...

मधेसका अति विपन्न तथ ...

जनकपुरधाम । प्रदेश सरकारले अति विपन्न तथा सीमान्तकृत समुदायको स्वास्थ्य बीमा गरिदिने भएको छ । ...